काठमाडौं। सुनुवार सेवा समाज विदेश शाखा अमेरिकाले नेपाल आदिवासी जनजाित महासंघ अमेरिका(फिप्ना)को सदस्य संस्थाको लागि आवेदन दिएको छ। गत आईतबार सुनुवार सेवा समाज अमेरिकाका अध्यक्ष मोहन सुनुवारले सदस्यताको लागि निवेदन दिएका हुन्।

सुनुवार सेवा समाज अमेरिकाका पदाधिकारीहरूले फिप्नाको कार्यालयमा पुगेर निवेदन दिएको आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेमजोङले जनचासो खबरलाई जानकारी दिनु भएको हो।

सुनुवार सेवा समाजलाई फिप्नाको सदस्य संस्थामा आवद्ध गराउन अनुरोध गर्दै सुनुवार समाज अमेरीकाको तर्फबाट अध्यक्ष मोहन सुनुवार, सदस्यहरू ज्ञान सुनुवार, मन्जिला सुनुवार र सल्लाहकार छिरिङ शेर्पा सुनुवारको उपस्थिति रहेको थियो।

फिप्नाको तर्फबाट अध्यक्ष लोक चेम्जोङ, महासचिव नरेन्द्र थापा, सचिव टोमा लामा, कोषाध्यक्ष छोन्जोम लामा, निवर्तमान महासचिव प्रेम गुरुङ र किरात याक्थुम चुम्लुङ्ग अमेरीकाको अध्यक्ष सुमन थाम्सुहाङ लिम्वुको उपस्थिति रहेको अध्यक्ष चेमजोङले बताउनु भयो।

त्यस्तै, अध्यक्ष लोक चेमजोङले सुनुवार सेवा समाज अमेरिकाले फिप्नाको विधानले निर्धारण प्रक्रिया पुरा गरी निवेदन दिएसँगै समाज पनि जनजाति संगठनहरू/ संस्थाहरूको साझा छाता संगठनको रूपमा रहेको नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को सदस्य संस्थामा आवद्ध हुन आएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना दिनु भएको छ।