काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष जेठमा हुन लागेको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। बोर्डको सोमबार बिहान बसेको बैठकले दुवै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डले यस पटकको एसईई परीक्षा जेठ १३ बाट तथा कक्षाको परीक्षा १२ जेठ २६ गतेबाट गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। अघिल्लो वर्ष पनि कोभिड १९ सङ्क्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै परीक्षा रोकिएको थियो।

बोर्डले अब केही दिनभित्र परीक्षाको नयाँ मोडल तयार गरेर परीक्षा मोडल र परीक्षा तालिका सार्वजनिक गर्ने निर्णय गरेको छ।