विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अवसरमा सिन्धुली जिल्लाकै अग्लो फिक्कलको चुचुरोसम्म ट्रेकिङ्को आयोजना गरिएको छ । दिवसको अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको अगुवाइमा ट्रेकिङ्को आयोजना गर्न लागिएको हो ।

 

सडक, शिक्षा, विजुली फिक्कल विकासको पूर्वाधार, कृषि, जडिबुटी र पर्यटन समृद्धिको मुल आधार सहितको लक्ष्य लिएको गाउँपालिकाले फिक्कल चुचुरोलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न ट्रेकिङ् आयोजना गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले जनाउनु भएको छ ।

 

आज सामाजिक सञ्जाल फेसकुब मार्फत विश्व पर्यटन दिवसको अवसरमा गाउँपालिकाले ट्रेकिङ् आयोजना गरेको र त्यसमा सहभागि हुन इच्छुक व्यक्तित्वहरुलाई सम्पर्क राख्न अनुरोध समेत गर्नु भएको छ ।

 

 

गाउँपालिकोको कार्यालय खाङ्साङ्बेसी देखि करिब करिब ८-१० किलोमिटरको उकालो यात्रापछि जिल्ला कै अग्लो चुचुरो फिक्कल पुग्न सकिन्छ । समुन्द्रि सतहदेखि हजार सय ७१ फिट उचाईमा रहेको फिक्कल सिन्धुली जिल्लाकै उचाईमा रहेको पर्यटकिय गन्तव्य हो । यहाँबाट विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा लगायतका १४ वटा हिमश्रृङ्खलाको रमणिय दृष्य अवलोकन गर्न सकिन्छ । साथै,  दक्षिणतर्फ रमणीय डाँडाकाँडा एवं तराईको समतल फाँट नियाल्न सकिन्छ । फिक्कल नजिक महाकाली देवीस्थान लगाएत रहस्यमय प्राकृतिक गुफाहरु समेत रहेका छन्

 

त्यस्तै, महाभारत लेकमा पाइने महत्वपूर्ण जडिबुटीहरु, जङ्गली जनावर, लालिगुराँस लगायतका वनजङ्गलहरुको अवलोकन गर्न सकिन्छ ।