काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ५५ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं जिल्लामा मात्र ६०९ सङ्क्रमित थपिएका छन् भने भक्तपुरमा ५१ र ललितपुरमा ९५ कोरोना संक्रमितको पहिचान भएको मन्त्रालयले जनाएको हो   ।  

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २२९ महिला र ३८० पुरुष, भक्तपुरमा १२ महिला र ३९ पुरुष, ललितपुरमा ३८ महिला र ५७ पुरुषमा कोरोना संक्रमण देखिएको जनाएका छन् ।