काठमाडौं। सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पाँच लाख धरौटीमा छाड्न निर्देशन दिएको छ। सर्वोच्चले शुक्रबार ईश्वर प्रसाद खतिवडा र आनन्द मोहन भट्टराईको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो।
बस्न्यात पूर्वाधार सचिव हुँदा बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्न फाइल उठाएको देखिएकाले बस्न्यात विरुद्ध भ्रष्टाचार मुद्दादायर भएपछि गत २०७७ मंसिर २८ गते विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो।

