काठमाडौं। राष्ट्रिय पत्रकारिता पुरस्कारबाट १६ पत्रकार पुरस्कृत भएका छन् । छैठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित पत्रकारिता पुरस्कार घोषणा कार्यक्रममार्फत सरकारले १६ पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्राप्त गरेका छन् । जनही एक लाख राशीको सो पुरस्कारबाट इन्द्र बुढा (उजीर मगर), संगिता खड्का, शेषराज दाहाल, हेमन्त बहादुर वि.क. र शीतल साहसमेत पुरस्कृत हुने भएका छन् ।

वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट भने दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् । पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरे । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।

पुरस्कृत पत्रकारहरुको सूची 

वरिष्ठ पत्रकार सम्मान २०७६ - स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बा

वरिष्ठ पत्रकार सम्मान २०७७ - रघु मैनाली र शार्दूल भट्टराई

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६

इन्द्र बुढा (उजीर मगर)- बागलुङ

मात्रिका पौडेल - रामेछाप

संगिता खड्का - काठमाडौं

शेषराज दाहाल- सिन्धुली

हेमन्त बहादुर विक -बाँके

शीतल साह -  धनुषा

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७

दिलीपकुमार थापामगर- भक्तपुर

दीपेन न्यौपाने- मोरङ

दुर्गाप्रसाद शर्मा-पर्वत

शुरोजंग पाण्डे-दोलखा

नितु पण्डित - नुवाकोट

पूनम पौडेल -ललितपुर