रोयटर्स। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा निर्माण गरिएको कोभिड-१९ विरुद्धको खोप 'स्पुतनिक' लाई प्रसिद्ध हतियार 'कलाश्निकोभ राइफल'सँग तुलना गरेका छन्।

उनले बिहीबार उपप्रधानमन्त्री तात्याना गोलिकोभाका साथ गरिएको एक भिडिओ कन्फरेन्समा बोल्दै आफ्नो देशमा बनेको खोपको विश्वसनियताको प्रशंसा गर्दै भनेका छन् 'स्पुतिनक खेप कलाश्निकोभ राइफल जत्तिकै भरपर्दो छ" ।

कलाश्निकोभ राइफल रुसमै निर्माण हुने हतियार सोभियत सङ्घकालीन हतियार हो। त्यसबेलाको कलाश्निकोभ हतियार हाल पनि व्यापक प्रयोगमा रहेको छ ।

रुसी अधिकारीहरूले आफ्नो देशमा निर्मित स्पुतनिक लाइट पनि भनिने स्पुतनिक भी नामक कोभिड-१९ विरुद्धको खोपको एक डोज मात्रै लगाए पुग्ने तर्क गरिरहेका बेला राष्ट्रपति पुटीनको यस्तो प्रतिक्रिया आएको हो। 

- विविसीको सहयोगमा