काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) "विश्वभरीका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय महोत्सव" भन्ने नाराका साथ आजबाट सुरु हुने भएको छ। कोभिड -१९ सङ्क्रमण जोखिमका कारण अनलाइन तथा समाजिक सञ्जालको माध्यमबाट कार्यक्रम हुने आयोजकले जनाएको छ।  

फेष्टिभल फेसबुक पेज र नेट टिभीबाट लाइभ हुने आयोजकले जनाएको छ। चलचित्रहरुलाई अनलाइन माध्यमबाट प्रसारण गरिनेछ, जसलाई दर्शकले घरमै बसेर हेर्न सकिने आयोजकले जनाएको छ । 

निफमा एउटा उत्कृष्ट नेपाली फिचर चलचित्रले एक लाख नगद पुरस्कार र ट्रफी पाउने छ। 

त्यस्तै, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित बागमती अवार्ड प्रदान गरिने छ।  भने, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउने छन् । 

निफले यस पटक कोभिड–१९ ले पारेको प्रभावमा विषयमा बनेका चलचित्रले ५ सय अमेरिकी डलर पाउने जनाएको छ।