काठमाडौं। नेपालको नयाँ भेरियन्ट सहित दोस्रो पटक फैलिएको कोरोना महामारीले मृत्युदर बढेको छ। नेपालमा आज मात्रै कोरोना सङ्क्रमणका कारण ५५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयले १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।