काठमाडौं। नेपाल आदिवासी जनजाति महासंघ हङकङ शाखाको आठौं महाधिवेशन सम्पन्न भएको छ। गत मे २ मा सम्पन्न महाधिवेशन मार्फत किसन राई अध्यक्ष भएका छन्, उनको यो दोस्रो कार्यकाल हो।

हङकङ स्थित बगैचा रेष्टुरेण्टमा आयोजित महासंघको आठौं महाधिवेशनको बन्दसत्रमा सबै पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका हुन्।

सर्वसम्मत निर्वाचित समितिको अध्यक्षमा किसन राई, उपाध्यक्षमा कृष्णराज लावती, महासचिवमा टोपराज तामाङ र कोषाध्यक्ष करुणा प्रधान रहेका छन्। महासंघको उद्घाटन कार्यक्रम नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरको प्रमुख आतिथ्यता तथा किसन राईको अध्यक्षतामा सम्पन्न भएको थियो।

उद्घाटन कार्यक्रममा एन.आर.एन.ए. हङकङकी अध्यक्ष टिका गुरुङ, महासंघका अध्यक्ष टंक राना, चेम्बर्स अफ कमर्शका अध्यक्ष डासुराम पराजुली लगायतको उपस्थिति रहेको थियो।१९९८ मा स्थापित आदिवासी जनजाति महासंघ हङकङमा हाल ११ वटा आदिवासी जनजाति संघसंस्थाहरु आवद्ध रहेका छन् ।