काठमाडौं। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा कोभिड १९  सङ्क्रम नियन्त्रणका लागि एक हप्तासम्म स्वास्थ्य सामग्री वितरण गरिने भएको छ। काठमाडौंको कोटेश्वरबाट युवा संघले स्वास्थ्य सामग्री वितरण भइरहेको केन्द्रीय सदस्य डिबि बोम्जनले जनाउनु भएको छ।

कोटेश्वरमा आजबाट राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठको नेतृत्वमा राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य डिबी बोम्जन र स्थायी कमिटी सदस्य अभिषेक लामा लगायतका टोलीले स्वास्थ्य सामग्री वितरण गर्न लागिएको हो। सर्वसाधारणमा कोभिड १९ संक्रमण नफैलियोस र फैलि सकेको अवस्थालाई ब्रेक गर्न मास्क, स्यानिटाइजर, पानी लगायत स्वास्थ्य सामग्री वितरण गरिएको केन्द्रीय सदस्य डिबी बोम्जनले जनचासो स्रोतलाई जानकारी दिएका छन्।