रामेछाप। प्रगतिशील ग्रामिण समाजको आयोजनामा सिरिसे बजारमा एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। समाजले लिखुतामाकोशी -२ स्थित सिरिसे बजारमा शनिबार शिविर आयोजना गरेको हो।

बृहत स्वास्थ्य शिविरबाट ६ सय ५८ स्थानीयले लाभान्वित भएको आयोजकले जनाएको छ । लभान्वित हुनेमा ४ सय ६ महिला तथा २ सय ५२ पुरुष रहेका थिए। जसमध्ये १ सय ९९ जनाले आँखा जाँच, १ सय ६५ जनाले पेट तथा छातिको जाँच, १ सय ८ जनाले हाडजोर्नी तथा नसाको चेकजाँच गराएका छन्। साथै ३८ जना महिलाले स्त्रीरोगको परीक्षण गराएका थिए भने ६१ जना व्यक्तिले दाँतको चेकजाँच र धेरै सहभागिहरुले नसर्ने रोग सम्बन्धी परिक्षण गराएका छन्।

प्रगतिशील ग्रामिण समाजद्धारा पहिलो पटक सञ्चालित स्वास्थ्य शिविरको उद्दघाटन गर्दै लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष केशव महतले शिविरले ग्रामिण क्षेत्रका जनतालाई प्रभावकारी सेवा उपलब्ध गरेको बताउनुभयो । 

स्वास्थ्य शिविरमा रामेछाप जिल्ला स्थित रामेछाप अस्पतालका मेडिकल सुपरीटेन्डन्ट डा. सागर जर्घामगर, तामाकोशी अस्पतालका निर्देशक डा. सुमन कर्मचार्य, मन्थली नगर अस्पताल मेडिकल सुपरीटेन्डन्ट डा. केशवसिं धामी, जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्य अधिकृत कमलनारायण चौधरी र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापका उमेश तामाङ सहितको चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका हुन । शिविरमा रामेछाप जिल्ला स्थित रामेछाप अस्पताल, तामाकोशी अस्पताल, मन्थली नगर अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। सो शिविरमा धेरै स्थानीयबासीले अत्यावस्यक स्वास्थ्य परीक्षण गरि लाभान्वित भएको तामाकोशी अस्पतालका निर्देशक डा. सुमन कर्मचार्यले बताए।

संस्था संरक्षक अमरदीप सुनुवारले रामेछाप जिल्लास्थित प्रमुख स्वास्थ्य संस्थाहरुको समन्वयमा संस्थाले सञ्चालन गरेको शिविर रामेछाप जिल्लाका लिखु तामाकोशी गाउँपालिकाका साथै ओखलढुङ्गा जिल्ला अन्तरगत लिखु गाउँपालिका बासिन्दाहरुको निꓽशुल्क रुपमा आधारभूत स्वास्थ्य परीक्षण गर्न सफल भएको र आगामि दिनमा समेत बिरामीहरुको उपचारमा सहजीकरण गर्ने संस्थागत योजना रहेको बताउनुभयो। 

उक्त कार्यक्रममा सहभागी डा. सृजना वाइवाले शिविरमा सहभागीहरुको स्वास्थ्य परीक्षण गरि स्वास्थ्य परामर्श सेवा उपलब्ध गराएको बताउनुभयो भने दन्त चिकित्सक   डा. संगीता तामाङले शिविरमा १९ जना ब्यक्तिको २१ वटा दाँत निकालिएको बताउनुभयो । साथै संस्थाका अध्यक्ष चित्रबहादुर कार्कीले शिविरले स्थानीय बिरामिको स्वास्थ्य परीक्षण गरि निꓽशुल्क औषधि वितरण तथा प्रगतिशील सामुदायिक पुस्तकालय समेत उद्घघाटन गरिएको बताउनुभयो।