काठमाडौं। चीन सरकारले नेपालका लागि २० हजार थान सिलिण्डर अक्सिजन सहयोग गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड १९ सङ्क्रमित बिरामीलाई अक्सिजन अभाव नहोस् भन्नका लागि नेपाल सरकारले चीनसँग अक्सिजन सहयोग माग गरेको थियो।

चीन सरकारले सहयोगको घोषणा गरिसकेकाले उक्त सहयोगको अक्सिजन नेपाल आइपुग्न १० दिनसम्म लाग्नेछ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलका क्रममा नेपाललाई ५० लाख आरएमबी (९ करोड १८ लाख बढी) बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेका थिए।