काठमाडौं। सुनुवार सेवा समाज संघीय समितिको पूर्वनिर्धारित भर्चुअल बैठक सम्पन्न भएको छ। समितिले निषेध आदेशकाबीच कोरोना सङ्क्रमण जोखिमका कारण भर्चुअल माध्यमबाट शनिबार विभिन्न निर्णयहरू अध्यक्ष रणबीर सुनुवारको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। 

समितिको आजको बैठकले कोरोना महामारीका कारण देशमा कोरोना महामारी फैलिएको र त्यसको रोकथामका लागि निषेध आदेश जारी भएको हुँदा १० औं राष्ट्रिय सम्मेलनको मिति मुलुकमा अनुकुल सहज परिस्थिति भएपछि मात्रै तय गर्ने निर्णय गरेको छ।

१२ औँ राष्ट्रिय जनगणनाको सम्बन्धमा कतिपय स्थानीय तहहरू मुलवस्तिमै विशेष गरी धर्म र भाषाको महलमा अन्यौल पैदा भएको देखिएको हुँदा स्थानीय तहको रोहबरमा भर्चुअल वा अनुकुल भए तत्काल भौतिक रुपमा उपस्थितमा त्यस्तो अन्यौलता हटाउन प्रशिक्षण गर्ने निर्णय संघीय समितिले गरेकव छ। किरात समुदायको महान चाड नजिकिदै गर्दा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमदर बढी रहेको अवस्थामा शाँदार पिदारमा घरघरमा नै मनाउन अनुरोध गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष अमृत सुनुवारले जनचासो खबरलाई जानकारी दिनु भएको छ।

कोरोना महामारीकाबीच सुनुवार सेवा समाज स्थानीय समितिको सिफारीसमा राहत व्यवस्थापन गर्न पहल गर्ने निर्णय गरिएको साथै रोजगारीको सिलसिलामा विदेशस्थित रहेका सुनुवारहरूले राजदुतवासले तथ्याङ्क संकलन गर्ने समयमा उपस्थित भै तथ्याङ्क सङ्कलन गराउने निर्णय भएको उपाध्यक्ष सुनुवारले जनाउनु भएको छ।