सिन्धुली। कमलामाई नगरपालिकाको युवा स्वरोगार कार्यक्रम अन्तर्गत थप १६ जना नयाँ उघमीहरूले बिना धितो निर्ब्याजी ऋण पाएका छन्। नगर प्रमुखले स्थलगत रुपमा व्यवसायीहरूको व्यवसाय अनुगमन गरे पश्चात उक्त व्यवसायीहरूलाई आज ऋण उपलब्ध गराएका हुन् ।

कमलामाई नगरपालिकाका नगर प्रमुख श्री खड्ग बहादुर खत्रीको अध्यक्षतामा बसेको युवा स्वरोजगार सञ्चालक समितिले छनौट गरेका युवा व्यवसायीहरुलाई नगर प्रमुख खड्ग बहादुर खत्री र उप प्रमुख मञ्जु देवकोटाले एक कार्यक्रमबीच उक्त ऋण उपलब्ध गराएका हुन्।

ऋण पाउने व्यवसायीहरूमा कमलामाई नगरपालिका वडा नं०७अप्परा कुमारी न्याैपानेले  बाख्रा पालनका लागि एक लाख पचास हजार, वडा नं ६ का कमल बहादुर खत्रीले अटाे सञ्चालनका लागि एक लाख पचास हजार, वडा नं ५ का कमला देवकाेटाले कृषि तथा पशुपंक्षी व्यवसायका लागि एक लाख पच्चिस हजार, वडा नं ११ का भाेज बहादुर राना मगरले  शैलुन सञ्चालनका लागि एक लाख पचास हजार, वडा नं ४ का रमिला खड्का देवकाेटाले केरा तथा तरकारी व्यवसायका लागि एक लाख पचास हजार, वडा नं १२ का राम बहादुर थिङ्ले बाख्रा पालन व्यवसायक लागि एक लाख पचास हजार, वडा नं ९ का लक्ष्मी थापाले टेलर सञ्चालनका लागि एक लाख, वडा नं ४ का विशाल खत्री सार्कीले वाख्रा पालन व्यवसायक लागि एक लाख पचास हजार, वडा नं ६ का श्याम कुमार सुनुवारले कुखुरा पालनका लागि एक लाख पचास हजार, वडा नं १ का सुशिला पुलामीले कृषि तथा पशुपंक्षी व्यवसायका लागि एक लाख पचास हजार, वडा नं ८ का सुनिता वि.क.ले बाख्रा पालनका लागि एक लाख, वडा नं १३ का सपना निराैला खतिवडाले बाख्रा पालनका लागि एक लाख पचास हजार, वडा नं १३ का सपना राउतले कुखुरा पालन तथा तरकारी उत्पादनका लागि एक लाख पचास हजार, वडा नं ४ का समिर अधिकारीले अटाे सञ्चालनका लागि एक लाख, वडा नं १३ का सराेज भण्डारीले कुखुरा पालनका लागि एक लाख पचास हजार र वडा नं ७ का हेम कुमारी थापाले भैसीँ पालनका लागि एक लाख रहेका छन् ।

कमलामाई नगरपालिकाद्धारा प्रारम्भिक अनुगमन गरी छनौट भएका उधमी युवा व्यवसायलाई पहिलो किस्ता ऋण उपलब्ध गराईएको हो। नगरले आफ्नो नीति तथा कार्यक्रम अनुसार युवा स्वोरोजगार कार्यक्रमको लागी एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सोही कार्यक्रम अनुसार युवाहरूलाई लक्षित गरी कमलामाई नगरपालिकाद्धारा बिना व्याज, बिना धितो ऋण उपलब्ध गराउँदै आएको छ। हालसम्म नगरले आफ्नो क्षेत्रभित्रका ४२ जना युवा उधमीहरुलाई छनौट गरी उक्त ऋण उपलब्ध गराएको नगर प्रमुख खत्रीले बताएका छन्

कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख, उपप्रमुख लागयत उद्योग विकास शाखाका शाखा प्रमुख सुलोचना लुईटेल, सूचना प्रविधि अधिकृत ई. निर्मल लामा, शशी थापा तथा युवा उधमीहरुको उपस्थितिमा उक्त ऋण उपलब्ध गराईको थियो।