काठमाडौं। सीइडीबी हाइड्रोपावर डेभलपमेन्टले आइपिओ निष्कासन गरेको छ। कम्पनीले आज देखि आवेदन दिन सक्ने गरी २५ लाख १८ हजार २३० कित्ता शेयर निष्कासन गरेको हो।

कम्पनीले कुल शेयर मध्ये ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले बैशाख १७ गतेदेखि २१ गतेसम्म आवेदन दिन सक्नेछन्।