कुन नदी छ ?
जहाँ मेरा
मलाई बेस्सरी चिमोठ्ने
यादहरु पखाल्न सकु
कसैलाई थाहा छ भने
कृपया भनिदेऊ
बरु कति हो मोल ? भन,
बेच्न हरदम तयार हुनेहरु हो,
तिर्न म तयार छु
थाहा छैन तिमीलाई यदि भने
नचलाऊ मेरा अतितहरु
नकोट्याऊ मेरा घाउका पाप्राहरु
दुख्छ हजुर…
जति दुखेको थियो हिजो – भन्दा आज बढि
किन यति निर्दयी बन्छौं ?
ए ! मानिस,
तिमीसँग मन छैन ?
जुन भगवानले मलाई
चोटै–चोट भरेर दिएको छ
मेरा चोटहरुमा खुशी हुने
तिम्रा पत्थररुपी धड्कनलाई के थाहा ?
साँचो खुशी त
कसैलाई खुशी दिँदा हुन्छ भनेर
ए ! मान्छे,
तिमी साँच्चै मान्छे हौं ?
र
तिमीमा भगवानको बास छ ?
छ भने
तिमी भित्रको मनलाई चिह्याएर हेर
सक्छौ हेर्न ?
कहिल्यै हेरेका छौं – आफ्नै मनलाई ?
सायद कतै आफु
मुर्दा भई बाँच्नेहरुको
हुलमुलमा त छैनौं ?
जीवनमा कम्तीमा एकचोटी
नियाल – तिम्रो आफ्नै मन ।।