काठमाडौं। त्रिभुवन विश्व विद्यालयले बैशाख १४ गतेबाट लागू हुने गरी आफू मातहत सञ्चालन भएको सबै परीक्षाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। सोमबार सूचना प्रकाशन गर्दै अर्को सूचना जारी नहुँदासम्मको लागि त्रि.वि.ले परीक्षा रोकिएको सूचित गराएको हो।

सोमबार बसेको विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरका कारण देशका विभिन्न स्थानहरूमा लकडाउन तथा निषेधाज्ञा भईरहेकोले परीक्षाको कार्यक्रम स्थगित गरेको जनाएको छ।