-राजेन खिम्बुले राई(मूलघरे कान्छा) 

यो भिमसेन थापाको पालामा बनेको घरहरालाई भुकम्पले भत्काएपछि, धरहराको पुनर्निर्माण गरेकोमा राज्यप्रति सम्पुर्ण नेपालीहरु कृतज्ञ भई सकारात्मक रुपमा लिनुपर्ने थियो। तर यो नश्लवादि राज्यसत्ताले धरहराको २२औँ तलामा हिन्दुहरुको शिवलिङ्ग स्थापना गरेपछि धरहरा भनेको हिन्दुहरुको शिवलिङ्ग मात्र हो भन्ने पुष्टि भएको छ। यो देश नेपालको हामी प्रकृतिपुजक किराँत/बुद्धिष्ट/बोन मष्टो लगायत अन्य धर्मावलम्बीहरुको त धरहरा होइन रहेछ भनेर बुझ्नुपर्ने भएको छ । के यो धरहरा हिन्दुहरुको मात्र हो ? हिन्दुहरुको शिवलिङ्ग राख्दा घरहराको टुप्पोमा हामी किँरातीहरुको मुन्दुमी वाबुक(चिण्डो) किन राखिएन ? बुद्धिस्टहरुको धम्मचक्र किन राखिएन ? र किन शिवलिङ्ग मात्र राखियो ?

यो राज्यसत्ताले गरेको हिन्दु धर्मलाई काखा र किराँत बुद्धिष्ट लगायत अन्य धर्मावलम्बीलाई पाखा गरेर ठुलो गल्ति गरेको छ। यो धरहरा सबै जातजाती ,किराँत ,बुद्धिस्ट , ईशाई, मुश्लिम सम्पुर्ण नेपालीहरुबाट उठाएको खुन पसिनाको कर र देशको ढुकुटिबाट बनाइएको  हो। यसरी धरहरालाई शिवलिङ्ग मात्र बनाउनु अन्य धर्मावलम्बी  नेपालीहरुलाई अन्याय हुनेछ। यो शिवलिङ्ग सहितको धरहरा सम्पुर्ण नेपालीहरुको राष्ट्रीय सम्पदा या एकताको प्रतिक हुनैसक्दैन। यो धरहरा सम्पुर्ण नेपालीहरुको होईन हिन्दुहरुको शिवलिङ्ग भएको छ।

यो राज्यसत्ताको यस्ता एकल धार्मिक विभेदकारी नितिको प्रतिबिम्ब यस धरहरालाई अब असमानता र विभेदको प्रतिक हो भनेर बुझ्नुपर्ने भएको छ। एकल हिन्दु धार्मिक शिवलिङ्ग धरहराले यो देशको सम्पुर्ण जातजाती र धर्मावलम्बीको मन भावना जोड्दैन,यस एकल हिन्दु धार्मिक धरहराले नेपाली समाजलाई विभाजन गर्दछ। यो राज्यसत्ताले यो देश नेपालको प्राचिन किरात सभ्यताको प्रतिक स्वरुप धरहराको टुप्पोमा मुन्दुमी (वाबुक चिण्डो)राख्नुपर्दछ,बुद्धिस्टहरुको धम्मचक्र या सम्पुर्ण धर्मावलम्बीहरुको कुनै न कुनै धार्मिक प्रतिकहरु राखोस ! होईन भने यो राज्यसत्ताको असमानता र विभेदको प्रतिबिम्ब र राज्यसत्ताको विभेदकारी नितिको प्रतिक यो धरहरालाई असमानता र विभेदको लडाई लड्ने योद्धाहरुले एकदिन रकेट लन्चर हानेर धरहराको टुप्पो भत्काउने दिन पनि आउन सक्दछ।

अत:यो धरहरा लाई एकल हिन्दु धार्मिक शिवलिङ्ग नबनाईयोस,सम्पुर्ण जातजाती धर्मावलम्बीको नेपालीहरुको खुन पसिनाको करबाट बनाईएको धरहरालाई सबै जातजाती धर्मावलम्बीको सम्पुर्ण नेपालीहरुको भावना र मन जोड्ने साझा धरहराको रुपमा स्थापना गर्नुपर्दछ।

बेलायत निवासी मूलघरे कान्छाको फेस्बुक वालबाट ।

- उहाँ सामाजिक अभियन्ता एवम् किराँत मुन्धुम अध्ययन केन्द्रका सल्लाहकार हुन् ।