तस्विर: लोक चेम्जोङ

न्यूयोर्क। किरात याक्थुङ चुम्लुङ अमेरीकाले अप्रिल २५,२०२१ का दिन न्यूयोर्कमा आठौ महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशन द्वारा सुमन थाम्सुहाङ लिम्बुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतीमा निर्माण गरेको छ।

त्यसैगरी कियाचु अमेरीकाको २०२१/२३ को कार्यकालको लागी बरिष्ठ उपाध्यक्ष : युगेश लिङदेन लिम्बू , उपाध्यक्ष : ममता सुब्बा लाबूङ , महासचिव : सुर्य लिङदेन लिम्बू , सचिव : दिपक थेबे लिम्बू , कोषाध्यक्ष : पि के थक्लुङ लिम्बू , सह-कोषाध्यक्ष : लाजिमा सुब्बा नाल्बो तथा सदस्यहरुमा : साबि लिङदेन लिम्बू, विमल चेम्जोङ लिम्बू, मणि लिबाङ लिम्बू, निर्मला कन्दङवा लिम्बू , बिवश माङमू लिम्बू , बानू तुम्बाहाम्फे लिम्बू, सम्झना लाबूङ लिम्बू , जिवन खजुम लिम्बू , सोनु पयाङगू लिम्बू र कृष्ण फोम्बो लिम्बू सर्वसहमतीमा निर्वाचित भएका छन् भने बाँकी ३ जना आगामी कार्यसमितिको पहिलो बैठकद्वारा मनोनीत गर्नेछन् ।

कियाचु निवर्तमान अध्यक्ष विरेन्द्रहाङ लाबुङ लिम्बुको अध्यक्षतमा सम्पन्न आठौ महाधिवेशनको प्रमूख अथितीको रूपमा रहेका नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाका अध्यक्ष लोक चेम्जोङले परदेशमा सामुदायिक संघ संस्थाले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भयो। उहाले कियाचु अमेरीकाको अबको कार्यभार अमेरीकाको मूलधारमा लिम्बु कला संस्कृति र पहिचानलाई स्थापित गर्दै नया पुस्तामा पुस्तान्तरण गर्दै लानु हाम्रो प्रमूख कर्तव्य रहेको छ, साथै नेपालमा याक्थुङ लाजेमा हाम्रो पहिचानमाथी राज्यसत्ताद्वरा गरिएको सांस्कृतिक अतिक्रमणहरूको विरूद्धमा सशक्त आवाज उठाउनु पर्ने धारणा व्यक्त गर्नुभयो।

कियाचु अमेरीकाका कानुनी सल्लाहकार दुर्गा सुब्बाको संयोजकत्वमा रहेको निर्वाचन समितीमा सदस्यहरू मुनिन्द्र नेम्बाङ र गणित सुब्बा द्वारा बन्दशत्रको संचालन तथा निर्वाचन प्रक्रियामा रहेर महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो। महाधिवेशनको उत्घाटन सत्रमा किरात राई सोसाइटी अफ अमेरीकाका अध्यक्ष राम राई, तामाङ सोसाइटी अफ नर्थ अमेरीकाका अध्यक्ष लक्यान लामा, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, कियाचु पूर्व अध्यक्ष देवेन्द्र सम्बाम्फे, कानुनी सल्लाहकार दुर्गा सुब्बाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

साथै नवनिर्वाचित कार्यसमितीलाई तुम्याहाङ प्रेम मेयाङबो, मदत सम्बाम्फे , केशरमान लिम्बु , निर्वाचन समिति सदस्य मुनिन्द्र नेम्बाङ, गणित सुब्बा साथै कियाचु पूर्व उपाध्यक्ष पुष्पलत्ता थाम्सुहाङले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

नव निर्वाचित अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले आगामी आफ्नो कार्यकालमा कियाचुको आफ्नै चुम्लुङ हिम निर्माण गर्ने र यसको सुरूवात आफै बाट गर्ने भन्दै $५००० पाँच हजार डलर दिएर सुरूवात गरेको घोषणा गर्नुभयो । नेपाली अमेरीकन समुदायमा सधै एकढिक्का भएर समुदायको सेवामा समर्पित चुम्लुङ सन २००४ सालमा स्थापना भएको हो।