काठमाडौं। नेपालले त्रि-नेशन टी २० कपको उपाधी जितेको छ। नेपालले शनिबार त्रिवि क्रुकेट मैदानमा भएको फाईनलमा नेदरल्याण्डलाई १४२ रनले जितेको हो। यससँगै नेपालले सर्वाधिक रन १४२ रन अन्तरले जितेर नयाँ रेकर्ड कायम गरेको छ।

फाईनल खेलमा नेदरल्याण्डले टस जितेर बलिङ रोजेपछि नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतीमा २३८ रनको विशाल लक्ष प्रस्तुत गरेको थियो। विशाल लक्ष्य दिन दिने क्रममा कुशल भुर्तेल र कुशल मल्लले अर्धसतक पारी खेले भने दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे। नेपालले यस अघि सन् २०१९ डिसेम्बर ५ मा भुटनसँगको टी २० खेलमा २ सय ३६ रन जोडेको थियो।

नेदरल्याण्डलाई विशाल लक्ष्य दिने क्रमममा कुशल भुर्तेलले ५३ बलमा ७७, आसिफ शेखले ८ बलमा १६, कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन, कुशल मल्लले २४ बलमा ५० र दिपेन्द्र सिंह ऐरीले १८ बलमा ४८ रनको योगदान गरेका छन् ।

जवाफी ब्याटिङमा उत्रेको नेदरल्याण्डमाथी नेपालका बलर हाबी भएपछि नेदरल्याण्डलाई ९६ रनमा समेटेका थिए। नेदरल्याण्डलाई सस्तैमा समेट्न करण केसीले सर्वाधिक ३ विकेट लिए, भने सन्दिप लामिछाने तथा कमल सिंह ऐरीले समान २ लिए। 

यससँगै नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पाँच खेलमा २७८ रन बनाउँदै २०२१ को टि-२० क्रिकेटमा विश्वकै धेरै रन स्कोर बनाउने खेलाडीको ५ औँ नम्बरमा परेका छन्। उनी भारतका कप्तान बिराट कोहलीभन्दा एक स्थान अगाडी रहेका छन्। यसअघि ५ खेलमा २३१ रन बनाएका बिराट कोहली ५ औँ स्थानमा रहेका थिए।