काठमाडौं। लोक सेवा आयोगले गत फागुन २२ गते सञ्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो नै परिवर्तन गरी २० जना नक्कली परीक्षार्थी सहभागी भएको खुलेपछि  लोक सेवा आयोगले कारबाही गर्ने भएको छ। प्रहरी जवानको पदमा कञ्चनपुर, महेन्द्रनगर र दिपायलबाट लिइएको परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलेपछि आयोगले कारबारही गर्ने भएको हो ।

आयोगले बुधकारको गोरखापत्रमा सूचना जारी गरेर उनीहरुलाई लोक सेवा आयोगले लिने सबै प्रकारका परीक्षामा पाँच वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरिएको जनाएको छ। साथै उनीहरुलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउन नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई लेखी पठाउने निर्णय पनि लोक सेवा आयोगले गरेको छ । 

आयोगले महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पस परीक्षा केन्द्रमा ८ जना तथा शान्ति निकेतन मावि र अमिती कलेजमा ३/३ जना नक्कली परीक्षार्थी फेला परेको सूचनामा उल्लेख छ। अन्य परीक्षार्थी बालजागृती मावि, जानकी कन्या मावि र दिपायलमा फेला परेको आयोगले जनाएको छ।

आयोगले जारी गरेको बुधबार (मिति २०७८-०१-०८)को गोरखापत्रमा प्रकाशित सूचना: