किन्स। अमेरिका बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरुको छाता संगठन आदिवासी जनजाति साहित्यकार महासंघ गठन भएको छ। न्यूयोर्क क्विन्स स्थित आईतबार एक कार्यक्रमबीच महासंघ गठन भएको हो।

आदिवासी जनजाति महासंघ अमेरीकाको समन्वयमा “साहीत्यमा आदिवासी जनजाति सौन्दर्य लेखौँ।” भन्ने मुल नाराका साथ बसेको भेलाले अमेरिकामा बस्दै आएका आदिवासी जनजाति साहित्यकारहरुको छाता संगठन गठन गरेको छ। भेलाले मणि बाङदेल राईको नेतृत्वमा एघार सदस्यीय कार्यसमिति चयन गरेको छ। 

आदिवासी जनजाति साहित्यकार महासंघ अमेरिकारको उपाध्यक्षमा फरा देण्डी शेर्पा, महासचिव जसकुमार राई, सचिवमा दिलीप कुमार श्रीष, कोषाध्यक्षमा मनु लोहरुङ राई रहेका छन् भने सदस्यहरुमा तारा मिलन छन्त्याल, बीरेन्द्रहाङ लाबुङ, चन्द्र बज्यू तामाङ, बुद्ध चेम्जोङ, विवश बेनाम लिम्बु, अशोक चाम्लीङ राई, अग्नी साम्पाङ राई रहेका छन् ।

आदिवासी जनजाति महासंघको अमेरिकाका अध्यक्ष लोक चेम्जोङले गठित महासंघको पदाधिकारीहरुलाई सुभकामना दिएका छन्।

त्यस्तै, आदिवासी जनजाति साहित्यकार महासंघमा आफू नेतृत्वको कार्यसमितिले अमेरिकामा रहँदै आएका नेपाली आदिवासी जनजातिहरुको मुद्दालाई साहित्यिक माध्यमबाट उजागर गर्ने बाङ्देलले बताए छन् ।