काठमाडौं। सुनुवार सेवा समाज संघीय समितिले आफ्नो समुदायको प्रतिनिधित्व गर्दै विभिन्न संगठनमा निर्वाचित हुनु भएका सुनुवार महानुभाहरूलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको छ। समितिले बिहीबार आफ्नै कार्यालयको सभाहलमा एक कार्यक्रमबीच नवनिर्वाचित हुने महानुभावहरूलाई बधाई तथा शुभकामना प्रदान गतेको हो। कार्यक्रम सुनुवार सेवा समाजको अध्यक्ष रणबीर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो।

सुनुवार सेवा समाज संघीय समितिले नेपाल पत्रकार महासंघको २६ औँ अधिवेशनबाट काठमाडौँ जिल्ला शाखामा निर्वाचित हुनु भएका अखबार नेपालका सम्पादक सुवास सुनुवार, नेपाल आदिवासी जनजाति युवा महासंघको पाँचौँ अधिवेशनबाट निर्वाचित हुनु भएका सुनुवार विद्यार्थी समाजका निवर्तमान अध्यक्ष तथा बोस्क फाउण्डेशनका निर्देशक मान बहादुर सुनुवार र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएका नवीन कुमार सुनुवारलाई बधाई तथा शुभकामना प्रदान गरेको हो।

बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अतिथि तथा सुनुवार सेवा समाजको संस्थापक कोषाध्यक्ष टिकाराम सुनुवारले सुनुवार समुदायमा राजनीतिक नेतृत्व र सञ्चार जगतमा समुदायको प्रतिनिधित्व निराशाजनक रहेको बताउनु भयो। सुनुवार समुदायको पहिचानका लागि जुन किसिमले नेतृत्व तह र सरकारको चौथो अङ्गको रुपमा रहेको सञ्चार जगतमा प्रतिनिधित्व हुनुपर्ने हो त्यस्तो हुन नसक्नुका कारणहरू पत्ता लगाउनु पर्ने र जो जसले प्रतिनिधित्वका लागि प्रसार गर्नु भएकोका उहाँहरूलाई सबैले सहयोग गर्नुपर्ने बताउनु भयो।

बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अतिथी तथा सुनुवार सेवा समाजको संस्थापक सदस्य प्रेम हावाली सुनुवारले सुनुवारको समुदायको पहिचानको लागि सञ्चार जगतको भूमिका उल्लेखनिय रहने बताउनु भयो। बधाई तथा शुभकामना ज्ञापन गर्दै उहाँले अब सुनुवारको पहिचानका लागि सबैले हातेमालो गर्न सके छिट्टै त्यसको लक्ष्य हाँसिल गर्न सकिने बताउनु भयो।

कार्यक्रममा आतिथी डा. लाल रापचाले आफू सुनुवार समुदायको पहिचानको लागि डटेर लागि परेको र सबैले सहयोग गरिदिनु हुन अपिल गर्नु भयो। सुनुवार समुदायका सबै विद्यार्थीहरू, बुद्धिजिवीहरूलाई गहन अध्ययन र छलफलमा बस्ने बेला आएको भन्दै पहिचानकोलागि एक ढिक्का हुन पनि अनुरोग गर्नु भयो।

बधाई ज्ञापन कार्यक्रममा पूर्व राजपरिषद् सदस्य दाल कुमारी सुनुवार लगायत सुनुवार सुनुवार सेवा समाजका पदाधिकारीहरू, जिल्ला तथा नगरका प्रतिनिधीहरू सहित करिब एक सय जना सहभागि रहेको थियो ।