सिन्धुली । मालपोत कार्यालय सिन्धुलीका नायव सुब्बा पुरुषोत्तम दाहालले जनसेवा श्री पदक पदकबाट पुरस्कृत भएका छन् । सेवामा रहेर उत्कृषट कार्यसम्पादन गरेका दाहाललाई नेपाल सरकारले सम्मान गर्ने निर्णय गरेको हो ।

नववर्षको पहिलो दिन राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट दाहाल पुरस्कृत भएको हुन् ।

संविधान दिवस (राष्ट्रिय दिवस), २०७७ को अवसरमा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई विभुषित गर्न नामावली सार्वजनिक गरिएको थियो । विभिन्न क्षेत्रका ४ सय ५२ जनालाई पदक, विभूषण तथा अलंकारले सम्मान गरिएको हो ।

सिन्धुली मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा दाहाल जिल्लामा इमान्दार र कर्तव्यनिष्ट कर्मचारीको रुपमा परिचित छन् ।