काठमाडौं। एनआईसी एसिया बैंकले दराजसँग सहकार्य गर्दै डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ।

नयाँ वर्षको अवसरमा योजनाअन्तर्गत सस्तोडिल, ग्यापु मार्केट प्लेस र स्टोपग्रयापबाट वैशाख ३ सम्म विभिन्न सामग्री खरिद गरी ग्राहकले ई-कमर्समार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १५ सयसम्म नगद रकम फिर्ता गर्न सक्ने योजना बैंकले  सार्वजनिक गरेको हो ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरूप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलार्ई प्रोत्साहन गर्नका लागि उक्त ई-कमर्स कम्पनीबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो।

मुलुकभरका ३ सय ५२ शाखा कार्यालय, ४ सय ७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ८० वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको बैंकले  जनाएको  छ।