खानि मै जन्मेर नि खै के पो भयो र ?
परीक्षण सुन कै हुन्छ, कोइलाको होइन ।

प्रेम अन्धो छ बुझेर नि खै के पो भयो र ?
यहाँ मागेर विवाह हुन्छ, पोइलाको होइन ।

मालिक चिनेर गोरुलाई नि खै के पो भयो र ?
कुरा हलो र जुवाको हुन्छ, सोइलाको होइन ।

पौरखी हातहरु भएर नि खै के पो भयो र ?
जित क्रमभङ्ताको छ, सिलसिलाको होइन ।