सिन्धुली । योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल) को जिल्ला सम्मेलनको विस्तारित बैठक आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।

वाइसियलका जिल्ला अध्यक्ष भुल बहादुर राना(अबिरल)को अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी अध्यक्ष राजन दाहालको प्रमुख आतिथ्यतामा बैठन सम्पन्न भएको हो । योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल) को जिल्ला सम्मेलन आउँदो वैशाख १४ गते हुने भएकाले उक्त सम्मेलनको लागि बैठक बसेको हो ।

विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी अध्यक्ष राजन दाहालले नगरपालिका र गाउँपालिकामा कमिटि गठन भएका पालिकामा बैठक बसेर छलफल गर्न, कमिटी गठन गर्न बाँकि पालिकामा कमिटि गठन गर्ने बताउनु भयो ।

त्यस्तै उहाँले वाइसियल पार्टिको उत्तराधिकार संगठन रहेको बताउनु भयो । वाइसियल हिजो जनयुद्धभन्दा अगाडिबाटै जनमिलिस्या हुँदै जनमुक्ति सेना पुगेको संगठन भएकाले अहिलको परिवर्तित समयमा फरक भुमिका खेल्दै पार्टीलाई अगाडि बढ्न सहयोग गर्नुपर्न बताउनु भयो ।

साथै १ घर १ वाइसियल बनाउन अभियाननै सञ्चालन गर्ने निर्णय भएको वाइसियलका जिल्ला सचिवालय सदस्य यम कुमार देवकोटाले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्नुहुँदै वाइसियलका केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ (उत्साह) ले संगठनको संरचना तथा परिवर्तित समयमा वाइसियलले निर्णायक भुमिका खेल्ने बताउनु भयो । बैठकमा वाइसियलका केन्द्रीय सदस्य पुकार न्यौपानेलगायतको उपस्थिती रहेको थियो ।