काठमाडौं। सुनुवार राष्ट्रसेवक समाजको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शनिबार राजनधानी स्थित सुनुवार सेवा समाज संघीय समितिको कार्यालय परिसर कोटेश्वरमा समाजले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा  सम्पन्न भएको हो।

समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा उच्च रक्तचाप/न्यून रक्तचाप,  रगत परिक्षण, मृगौला जाँच, लिपिट प्रोफाईट जाँच (Cholesterol, TG, LDI, HDL), कलेजो जाँच, छातिको जाँच, आँखा जाँच, दन्त परीक्षण र आयुर्वेद उपचारलगायत विविध स्वास्थ्य परामर्श सेवाहरू उपलब्ध गराईएको समाजका अध्यक्ष अमरदिप सुनुवारले बताउनु भयो। 

समाजका अध्यक्ष अमरदीप सुनुवारका अनुसार शिविरबाट करिब २ सय २५ जना लाभान्वित भएका छन् । सो मध्ये २ सय १५ भन्दा बढीले जनरल फिजिसियन, ५० जनाले भिडियो एक्सरे (USG), ७५ जनाले आँखा परीक्षण, ८५ जनाले दन्त परीक्षण, १०३ जनाले आयुर्वेद सेवा, ४७ जनाले स्त्री रोगसहितका स्वास्थ्य सेवाहरू लिएका थिए । उक्त शिविरमा नि:शुल्क रुपमा एलोपेथिक, आयुर्वेदिक र आँखाका औषधीहरूसमेत वितरण गरिएको अध्यक्ष सुनुवारले बताउनु भयो ।

शिविरमा वरिष्ठ हाडजोर्नि विशेषज्ञ डा. शिव चन्द्र अमात्य, जेनेरल फिजिसियन डा. रक्षा गौतम, स्त्री रोग विशेषज्ञ डा. सुब्रिना राजभण्‍डारी, बरिष्ठ रेडियोलोजिष्ट डा. लाल कुमार पुन, शल्यचिकित्सक डा. एविन्द्र रुम्दाली, दन्त रोग विशेषज्ञ डा. स्वेता भगत, बालरोग विशेषज्ञ डा. पुनम बौद्ध तामाङ, आयुर्वेद डा. सृष्टी श्रेष्ठ र डा. ईला पौडेल  र मेडिकल अधिकृत डा. सस्टिका महर्जनले सेवा प्रदान गर्नु भएको थियो।

अध्यक्ष सुनुवारका अनुसार समाजको वार्षिक कार्ययोजना अनुसार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनु भयो । कार्यक्रमको सहयोगी अल्का अस्पताल प्रा. लि., मोडेल आई सेन्टर, ग्वार्को र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरलगायत विभिन्न स्वास्थ्य संस्थाहरू रहेका थिए । उक्त शिविर बिहान १० बजेदखि अपरान्ह ३ बजेसम्म सुनुवार सेवा समाजको कार्यालय परिसरमा कोटेश्वरमा सम्पन्न भएको र सुनुवार विद्यार्थी समाजबाट स्वयम सेवकहरू समेट परिचालन भएको थियो । 

नि:शुल्क बृहत् स्वास्थ्य शिविर कार्यक्रममा जेष्ठ नागरिक, युवा, बालबालिका, महिला, पुरुष सबैको उत्साहप्रद सहभागिता रहेको पाईयो, यस्ता कार्यक्रमले व्यक्तिका रोगहरूको समयमै पहिचान गरी उपचार हुने र नियमित स्वास्थ्य चेकजाँच गर्ने बानीको विकास हुने बताउनु भयो । साथै अध्यक्ष सुनुवारले सहयोगी स्वास्थ्य संस्थाहरू, स्वयम सेवक लगायत सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्नु भयो ।

तस्विरहरू: