सिन्धुली । नव वर्ष २०७८ सालको अवसरमा फिक्कल गाउँपालिका सिन्धुलीमा 'प्रथम फिक्कल अल्ट्रा दौड' प्रतियोगिता हुने भएको छ ।

सिन्धुली जिल्लाभरका धावकहरु सहभागि हुन सक्ने प्रतियोगिता २०७८ साल वैशाख १ गते फिक्कल गाउँपालिकाको चनौटेमा विहान १० बजे सुरु हुनेछ ।

नामावली दर्ता शुल्क पाँच सय तोकिएको प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीयले १० हजार पाउने छन् । प्रदेश खेलकुद विकास परिषद् र बागमती प्रदेशको आर्थिक सहयोग तथा सिन्धुली जिल्ला लेखकुद विकास समितिको आयोजनामा हुने दौड प्रतियोगतामा सिन्धुली जिल्लाभरका धावकहरुले भाग लिन सक्नेछन् ।

प्रतियोगितामा भाग लिन यही चैत ३० गतेभित्र सिन्धुली जिल्ला खेलकुद विकास समितिमा नाम दर्ता गराउनु पर्ने छ ।