सिन्धुली। विपि राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका वडा नं. ३ बोहोटार स्थित रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ख४५९३ नं.को बस र बिपरित दिशाबाट आउदै गरेको बा.६० प ३५४५ नं. को मोटरसाईकल आज बिहान आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

मोटर साईकलमा सवार दिक्तेल नगरपालिका १० कि १८ वर्षिया मुनाकला राईको घटना स्थलमै र मोटरसाईकल चालकको खाल्टे स्थित आत्मिय अस्पतालमा मृत्यु भएको हो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मोटरसाईकल ठक्कर खाएको बसलाई स्थानीय भिडले आगजनी गरेको र अर्को  बा ५ख ८७५० नम्बरको अरनिको बसमा समेत स्थानीय भिडले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

मोटर साईकल चालकको पहिचान नखुलेको खुलाउने प्रयास भईरहेको समेत प्रहरीले जनाएको छ। अहिले स्थानीयको भिडले राजमार्ग अबरुद्ध भएको छ ।