रामेछाप । एकीकृत फ्रेन्डसिप साकोसद्वारा आयोजित निबन्ध लेखन प्रतियोगितामा गोकुलगंगा मा.वि.का छात्रा शान्ती सुनुवार प्रथम भएकी छिन् ।

गोकुलगंगा गाँउपालिकास्थित १९ चैतमा भएको अन्तर माध्यामिक निबन्ध लेखन प्रतियोगितामा गोकुलगंगाका ७ वटा माध्यामिक विद्यालयहरुबाट १४ जना विद्यार्थीहरु सहभागी भएका थिए । "गरिबी न्यूनिकरणमा सहकारीको भूमिका" शीर्षकमा 200 शब्द नघटाई लेख्नु पर्ने प्रतियोगितामा कक्षा १० मा अध्यानरत छात्रा शान्ती सुनुवार प्रथम भएकी हुन् ।

एक घण्टा ३० मिनेट समय अवधिमा लेख्नु पर्ने निबन्ध लेखन प्रतियोगितामा आयोजक एकिकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रमाणपत्र तथा नगद रु. ५ हजार पुरस्कार प्रदान गरेको छ ।