सुरक्षित वैदेशिक  रोजगारीका सवाल तथा संस्थागत बिकास सम्बन्धि २ दिने अभिमुखिकरण तालिम आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ । 

आप्रवासि हकहित सन्जालका पदाधिकारिहरुलाई रिलिफ नेपाल सिन्धुलीको आयोजनामा तालिम प्रदान गरिएको हो । 

तालिममा वैदेशिक  रोजगारीमा गएर फर्किएका जिल्लाका ३५ जना पुरुष तथा महिलाको सहभागिता रहेको थियो । वैदेशिक  रोजगारीको नाममा हुने ठगि,श्रमशोषण,महिला हिँसा र मानब बेचबिखन इत्यादि प्रकृतिको न्युनिकरणका लागि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

उक्त तालिमबाट आप्रवासि कामदार हकहित संरक्षण केन्द्र सिन्धुली गठन गरिएको छ । वैदेशिक  रोजगारीमा गएर फर्किनु भएका अमर बस्नेतको अध्यक्षतामा १५ जना सदस्यिय समिती गठन गरिएको हो।  समितीमा महिला उपाध्यक्षमा बिनु आले मगर,उपाध्यक्षमा गोपिलाल श्रेष्ठ,सचिबमा देबेन्द्र सापकोटा,कोषाध्यक्षमा पुस्कर बर्मा चयन भएको आप्रवासि कामदार हकहित संरक्षण केन्द्र सिन्धुलीका सचिब देबेन्द्र सापकोटाले जानकारी दिएका छन् ।

तालिमको सहजिकरण कमलमाई नगरपालिकाका प्रमुख प्रशासकिय बिसकशेन ढकाल र कमलामाई गरपालिकाका सामाजिक बिकास शाखाका प्रमुख बबिन्द्रलाल माझिले गर्नुभएको थियो ।