सिन्धुली । गोलन्जोर गाउँपालिकाका अग्नि पिडित २ परिवारलाई वर्ल्ड भिजनको आर्थिक सहयोगमा रिलिफ नेपालले अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको छ । गत हप्ता गोलन्जोर गाउँपालिका ६ का नरबहादुर दमाईको चैत्र ११ गते र दिपक सार्किको १२ गते घरमा आगो लागेर पुर्ण रुपामा क्षति भएको थियो ।

दिपक सार्किको घरमा स्थानिय जङ्गलमा लागेको आगो सल्किदा घर पुर्ण रुपमा क्षति भएको थियो । नरबहादुर दमाईको भने घरमा के कारणले आगो लागि भएको भन्ने कारण खुलेको छैन । उक्त दुबै अग्नि पिडितलाई परिवारलाई वर्ड भिजनको आर्थिक सहयोगमा रिलिफ नेपालद्धारा सहयोग गरेको रिलिफ नेपालका बाल स्पोन्सर, बाल संरक्षण तथा किशोरि परियोजनाका कार्यक्रम संयोजक पंकज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अग्नि पिडितहरुलाई खाद्य सामाग्री, लत्ताकपडालगायत अन्य अत्यावश्यक सामाग्री दिपक सार्कीलाई १० हजार ५ सय तिस रुपैया बराबरको सामाग्री हस्तानतरण गरिएको हो । त्यस्तै अग्नि पिडित नर बहादुर दमाई लाई ८ हजार २ सय ७० रुपैया बराबरको सामाग्री हस्तानतरण गरिएको हो ।

त्यस्तै दुबै परिवारलाई त्रिपाल २ थान, ब्लाङ्केट १ थान, सोलार लाइट १ थान लगायत १० हजार बराबरको सरसफाईका सामाग्री, खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको संयोजक पाण्डेले जानकारी दिनुभयो ।