सहकारी एकीकरण कार्यविधिसम्बन्धी अन्तर्क्रिया कार्यक्रम आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ । शुक्रबार ६४औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कमलमाई नगरपालिकाको  तथा जिल्ला सहकारी संघ लिमिटेडको सह-आयोजनामा उक्त कार्यक्रम  सम्पन्न भएको हो ।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मूल नाराको साथमा आयोजना भएको उक्त कार्यक्रममा कमलमाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा रहेको थियो । साथै कार्यक्रममा कमलामाई नगरपालिकाका नगर उप-प्रमुख मन्जु देवकोटा, प्रमुख प्रसासकिय अधिकृत विसकसेन ढकाल, सहकारी महासंघ सञ्चालक समितिका केन्द्रीय सदस्य विमला श्रेष्ठ, बागमती प्रदेसका कृषि सहकारी संघका सचिव राम बहादुर विश्वकर्मालगाायत जिल्ला सहकारी संघमा आवद्धहरुको उपस्थिति रहेको थियो ।

कमलमाई नगरपालिकाका नगर उप-प्रमुख मन्जु देवकोटाले सहकारी संघको भवन निर्माणका लागि नगगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भयो । उहाँले जिल्लामा सहकारीको भुमिका उल्लेखनीय रहको भन्दै प्रशंसा गर्नुभएको छ । साथै नगरपालिकामा निष्क्रिय रहेको सहकारीहरुलाई चलायमान बनाउन नगरपालिकाले भुमिका खेल्ने पनि उहाँले बताउनु भयो । साथै कार्यक्रमलाई सम्बोधन गर्नुहँदै सहकारी बैंक सिन्धुली शाखाका प्रमुख श्रवण कुमार खड्कीले पछिल्लो समय सहकारीमा युवा पुस्ताको आकर्षण बढ्दो पाइएको बताउनस भयो । प्रमुख खड्कीका अनुसार कमलामाई नगरपालिकामा मात्रै १ सय १९ वटा सहकारी दर्ता भएका छन्। जसमध्ये ७० वटा सहकारी मात्रै सक्रिय रहेका छन् । उक्त सहकारिमा मात्रै ३ सय जना युवाहरू आबद्ध रहेका छन्।

यसबैबिच आज ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सिन्धुली अस्पतालमा रहेको विरामीहरुलाई फलफुल वितरण गरिएको छ । राष्ट्रिय सहकारी बैंक सिन्धुलीको प्रायोजन तथा राष्ट्रिय सहकारी संघ सिन्धुलीको आयोजनामा  २५ जना  विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।  साथै साँझमा कमलमाई नगरपालिकाको कार्यलय अगाडि जुनार चोकमा दिप प्रज्वलन गरिएको छ ।