बरुण घिमिरे, तिनपाटन। सिन्धुली स्थित तिनपाटन गाउँपालिकामा जेष्ठ नागरिकका लागि आयुर्वेदिक औषधि वितरण तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । तिनपाटन गाउँपालिकाको वडन नं. १० का जेष्ठ नागरिकहरूलाई घरदैलोमै गएर आयुर्वेदिक औषधी वितरण गर्ने कार्यक्रम सम्पन्न्न भएको हो।

गाउँपालिकाको ४, ५ ६ र ९ बडा यसअघि जेष्ठ नागरिकका लागि आयुर्वेदिक औषधि वितरण तथा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । तिनपाटन गाउपालिका आयुर्वेदिक शाखाको आयोजनामा भएको कार्यक्रममा नागरिकको घरदैलोमै पुगेर आयुर्वेदिक औषधि वितरण गरिएको हो।

जेष्ठ नागरिकको स्वास्थ्य अवस्था, खानपानको स्तर, रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता के कति छ भनि परीक्षण गरिएको थियो। साथै अस्वस्थ ज्येष्ठ नागरिकलाई औषधी, तथा भिटामिन वितरण गरिएको आयुर्वेदिक शाखाका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिनुभयो।

उक्त कार्यक्रम अन्तर्गत वडा नं. १० का ६० वर्षभन्दा माथिका २ सय २० जना जेष्ठ नागरिकले सुविधा पाएका छ्न्। त्यस्तै, तिनपाटन वडा नं. ९ का २ सय ५० जना, वडा नं. ५ का २ सय ३५ जना, वडा नं. ६ का ३ सय ४० जना, जेष्ठ नागरिक उक्त कार्यक्रमबाट लाभावन्वित भएका छ्न् ।