सिन्धुलीमाढी। सिन्धुलीमा पछिल्लो समय सहकारीमा युवापुस्ताको आकर्षण बढ्दो पाइएको छ। सिन्धुलीमा सहकारी दर्ता गर्न क्रम बढिरहँदा युवापुस्ताहरुको सहकारीमा आकर्षण बढेको हो।

सिन्धुलीमा हाल जिल्लाभर गरी ५ सय ३० वटा सहकारी दर्ता भएको जिल्ला सहकारी बैंक सिन्धुली शाखाका प्रमुख श्रवण कुमार खड्कीले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा हाल दर्ता भएका सहकारी मध्ये ५० प्रतिशत मात्रै सहकारी सक्रिय रहेका छन्। उक्त सहकारीमा मात्रै ६ सय जना युवाहरू आबद्ध रहेका छन्।

प्रमुख खड्गिका अनुसार कमलामाई नगरपालिकामा मात्रै १ सय १९ वटा सहकारी दर्ता भएका छन्। जसमध्ये ७० वटा सहकारी मात्रै सक्रिय रहेका छन् । उक्त सहकारिमा मात्रै ३ सय जना युवाहरू आबद्ध रहेका छन्। जिल्लाको कमलमाई नगरपालिका , दुधौली नगरपालिका र गोलोन्जोर गाउँपालिमा केही बढि मात्रामा सहकारीहरूले सक्रिय रहेर काम गरिरहेका छन्। सहकारिहरुले सिन्धुलीमा सानो सहकारिले २ जना देखि ठुला सहकारीहरूले ८ जना सम्म कर्मचारीहरू राख्ने गरेका छन्।

सहकारिहरुमा उच्च शिक्षा नचाहिने, सहज हुने साथै बैकमा काम गर्नका लागि अनुभवका लागि पनि सहकारीमा युवा पुस्ताको आकर्षण बढ्दो रहेको प्रमुख खड्कीको भनाई रहेको छ। साथै सहकारीमानै उज्वल भविष्य खोज्ने ब्यक्तिहरूको लागि सहकारीले जीवन सुनिश्चित हुने प्रमुख खड्कीले बताउनु भयो। सहकारिहरुको एकमात्र कारोबार गर्न बैक राष्ट्रिय सहकारी बैंक हो।

सिन्धुलीको कमलमाईमा सौगात लघुउद्यम, मिलिजुली, सिन्धु स्वर्णिम जस्ता सहकारीहरूले सक्रिय कारोबार गरिरहेका छन्।