काठमाडौं। परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको “शान्ति निर्माणमा शिक्षाको भूमिका” कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ । उक्त कार्यक्रमपश्चात मन्त्री साउद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनुहुनेछ ।