काठमाडौं। एसिया कपको १६ औँ संस्करण आजबाट शुरु हुँदैछ । पाकिस्तान र श्रीलङ्काले संयुक्त रुपमा  आयोजना गरेको एसिया कपको उद्घाटन खेल नेपाल र आयोजक पाकिस्तानबीच आज दिउँसो ३:१५ बजे कराँची स्थित मुल्तान क्रिकेट स्टेडियममा हुँदैछ।

नेपालले एसिया कपको समूह चरणको खेलमा ओडिआईमा विश्व वरियताको एक नम्बरमा रहेको पाकिस्तान र भारतसँग सामना गर्नेछ । यस पटक एसिया कपमा नेपाल, पाकिस्तान, भारत, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्ताले सहभागिता जनाएका छन् । समूह ए मा नेपालसहित भारत पाकिस्तान रहेका छन् भने समूह बी मा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान रहेका छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा ६ सेप्टेम्बर देखी १५ सम्म खेल हुने छन् । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल भदौ १८ अर्थात् सेप्टेम्बर ४ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

नेपालले एसिया कपमा डेव्यु गरे सँगै नेपाल एसिया कप खेल्ने आठौं टोली बन्ने भएको छ । नेपाल भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, हङकङ र युएईपछि एसिया कप खेल्ने नेपाल आठौं टोली बन्नेछ । एसोसियट राष्ट्रहरूमध्ये हङकङ र युएईले यस अघि नै एसिया कप खेलि सकेका छन् । एसियन क्रिकेट काउन्सिल एसिसीले विश्वकप अघि तयारीको लागि एसिया कप आयोजना गर्ने गर्दछ।

एसिया कपको लाईभ स्ट्रिमिङ Disney+ Hotstar मोवाइल एप, Star Sports 1/1 HD, Star Sports 1/1 HD Hindi, Star Sports 1/1 HD Tamil, Star Sports 1/1 HD Telugu & Star Sports 1 बाट हेर्न सकिनेछ ।