सिन्धुलीमाढी। सिन्धुली जिल्लामा डेँगु सङ्क्रमितको संख्या १६ जना पुगेको छ । मङ्गलबारसम्ममा स्वास्थ्य कार्यालय सिन्धुलीले डेँगु सङ्क्रमितको दैनिक अध्यावधिक विवरण मार्फत् जिल्लामा डेँगु सङ्क्रमितको संख्या १६ पुगेको जनाएको हो । सङ्क्रमित मध्ये पाँच महिला र एघार पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, सिन्धुलीका अनुसार जिल्लाको नौ स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा डेँगु सङ्क्रमिट पुष्टि भएको छ। सबैभन्दा धेरै कमलामाई नगरपालिकामा एक महिला र आठ पुरुषसहित नौ जनामा सङ्क्रमित पुष्टि भएको छ । तीनपाटन गाउँपालिकामा दुई महिला र तीन पुरुषसहित पाँच जना, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा क्रमश एक/एक जना महिलामा डेँगु सङ्क्रमण पुष्टि भएको हो। जिल्लामा यस पटक डेँगु सङ्क्रमणकै कारण ज्यान भने कसैले गुमाएका छैनन् ।