काठमाडौं। लिखुखोला जलविद्युत आयोजना प्रभावित खिजिकाति र रावादोलुका नागरिकहरुले कोशी प्रदेशका नवनियुक्त मन्त्री प्रदिप कुमार सुनुवारलाई ध्यानाकर्षण पत्र बुझाएका छन । नवनियुक्त मन्त्री सुनुवार बधाई दिने क्रममा आज संघिय राजधानी काठमाडौं स्थित एक कार्यक्रमका बिच प्रभावित क्षेत्रका नागरिकहरुले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन । 

प्रभावित क्षेत्रका स्थानिय आदिबासी समुदायहरुसँग कुनै समन्वय नै नगरि एकलौटी रुपमा दादागिरी शैलीबाट लिखुखोलामा निमार्ण भईरहेका जलबिद्युत आयोजनाहरुले भविष्यमा त्यहाँका नागरिकहरुको जनजिवनमा ठुलो असर पार्ने भएको हुँदा आयोजनाले पुन प्रारम्भिक वातावरण परिक्षण तथा वातावरणीय प्रभाव मुल्याङ्कन गराएर मात्रै जलविद्युत आयोजना सञ्चालन गर्न गराउन सम्बन्धित निकायमा पहल गरिदिन मन्त्री सुनुवारलाई ध्यानाकर्षण गएका छन । 


कोशी प्रदेशका नवनियुक्त मन्त्री सुनुवार ओखलढुङ्गा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । ५७० जनाको हस्ताक्षरित ध्यानाकार्षण पत्र बुझ्दै मन्त्री सुनुवारले आयोजनाले स्थानीय नागरिक र आदिवासीलाई अन्याय गर्न नपाइने तर रोक्नै पर्छ भन्नेतिर पनि लाग्नु नहुने भन्दै स्थानिय नागरिकले उठाएका मुद्धामा आफु सकरात्मक रहेको र सम्बन्धित निकायमा आवश्यक पहल कदमी गर्न आफु तयार रहेको पनी बताए । हाइड्रो पावरले हचुवामा कोठे आईइ गरेर स्थानीय नागरिक र आदिवासीलाई मात्रै अन्याय गरेन कि नेपाल सरकारलाई समेत ढाँटेको स्थानिय प्रभावित क्षेत्रका नागरिकहरुको गुनासो रहेको छ । 

पुर्व सुसुचित जानकारी सहितको मन्जुरीनामा हुनु पर्ने भन्दै अब उर्जा मन्त्रालयमा जानकारी गराउने र स्थानीय राजनीतिक पार्टीहरुलाई समेत नागरिकको जल जमिन जङ्गलमाथिको अधिकार सुनिस्चित गर्न सहकार्यको लागि ध्यानकार्षण गरिने संघर्ष समितिका संयोजक कमल सुनुवारले बताए ।