-यूगल सुनुवार, पाँचथर
हिँड्ने मन छ, तिम्रै घर भएर।
सँगसँगै नै जीवन भर भएर।
यो बाटोमा यसरी हिँड्न पाइयोस्,
याैटै पथमा युगाैँ एउटै सफर भएर।
हामी एउटै थर भएर पनि बेग्लै भयाैँ,
बेग्लै छाैँ र त बाँचाैँ एउटै थर भएर।
जिन्दगी भन्नु एक नदी जस्तै न हो,
त्यसैले सँगै बगौँ एक लहर भएर।