दानियल सुनुवार,रामेछाप। रामेछाप जिल्ला स्थित गोकुल गंगा गाउँपालिकामा दोस्रो चरणको कोभिडविरुद्धको खोप अभियान समापन भएको छ। दोस्रो चरणमा गाउँपालिकाका वडा नं. ३ का ४ सय ३१ जना जेष्ठ नागरिकले खोप लगाएका छन्।

बुधबार सम्पन्न भएको दोस्रो चरणको खोप अभियानमा ४ सय ३१ जना जेष्ठ नागरिकले कोभिडविरुद्धको खोप लगाएको रस्नालु हेल्थपोष्टका इन्चार्ज किशोरी शाहले बताए।

खोप अभियानमा ५५ वर्षदेखि माथी उमेरका नागरिकहरूलाई लगाइएको हो। फागुन २३ गतेदेखि सञ्चालित खोप अभियान २५ गतेसम्म चलेको भएपनि खोप लगाउन छुटेका जेष्ठ नागरिकहरूलाई आजसम्म खोप लगाईएको वडा नं. ३ का वडा अध्यक्ष नर विक्रम कार्कीले बताउनु भयो।