काठमाडौं। साहित्यकार केदार संकेतद्वारा लिखित "अफगानी रणमैदान" नामक उपन्यास आज लोकार्पण भएको छ। युद्ध साहित्यलाई समेटिएको पुस्तक बुधबार राजधानीको तिनकुने स्थित सिद्धार्थ कटेजमा वरिष्ठ साहित्यकार तथा रचना पत्रिकाका प्रधान सम्पादक प्रोफेस डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको हो।
साङ्ग्रीला बुक्स परिवारको आयोजनामा साहित्यकार केदार संकेतद्धारा लेखिएको उपन्यास "अफगानी रणमैदानमा" लोकार्पण भएको हो। लोकार्पण समारोहमा साहित्यकार इल्ल्या भट्टराईको आतिथ्यता तथा समालोचक, साहित्यकार प्रोफेसर डा. कुमार कोइराला, वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ 'रोदन', समालोचक तथा साहित्यकार डा. नेत्र 'एटम' लगायतको उपस्थिति रहेको थियो।
युद्ध साहित्यलाई समेटिएको यस उपन्यास अङ्रेजी भाषामा पनि अनुवाद भइरहेको लेखक/साहित्यकार केदार सुनुवार(संकेत)ले जानकारी दिएका छन्। लोकार्पण कार्यक्रमका लागि उपस्थित विद्वान् वर्ग, पाठक, नातेदार, कजेजका साथीहरू, पत्रकार, आयोजक, कार्यक्रम संचालक निर्मल अर्याल, सहयोगी मित्रहरू रमेश, प्रतीक र सनत ज्यू लगाएत सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको भयो।
साहित्यकार संकेतका आफैँ जलेको देश (कविता सङ्ग्रह २०६४), एथेन्सको झरी नियात्रा २०६७ (सुर्खेतको विश्व मध्यपश्चिमा विश्व विद्यालयमा बि.एड कोर्समा समावेस), पैयुँका फूलहरू (हाइकु सङ्ग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०) लगायतका थुप्रै कृतिहरु प्रकाशित भैसकेका छन्।