काठमाडौं। एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको  छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस जितसँगै उज्वेकिस्तानले शीर्ष तीन अङ्क जोडेको छ । 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा उज्वेकिस्तानले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो । आजदेखि सुरुआत भएको उक्त प्रतियोगिता विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । 

प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेकामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ए मा नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।