कठै मेरो देश!
कोही नक्कली भुटानी बनाउँछन्।
कोही भारतीयलाई नक्कली नेपाली बनाउँछन्।
कोही नक्कली नागरिकता बनाउँछन्।
कोही नक्कली पासपोर्ट बनाउँछन्।
कोही नक्कली मतादाता बनाउँछन्।

कोही नक्कली लडाकु बनाउँछन्।
कोही नक्कली वाइडवडिको बिल बनाउँछन्।
कोही नक्कली सिसिटिभी बनाउँछन् ।
कोही नक्कली सुकुम्बासी बनाउँछन्।

कोही नक्कली किसान बनाउँछन्।
कोही नक्कली सुराकी बनाउँछन्।
कोही नक्कली डाक्टर बनाउँछन्।
कोही नक्कली वकिल बनाउँछन्।

कोही नक्कली शिक्षक बनाउँछन्।
कोही नक्कली परिक्षार्थि बनाउँछन्।
कोही नक्कली सचिवालय बनाउँछन्।
कोही नक्कली गर्लफ्रेन्ड बनाउँछन्।
कोही नक्कली समाचार बनाउँछन्।

कोही नक्कली बिल भरपाई बनाउँछन्।
कोही नक्कली जमिन को लालपुर्जा बनाउँछन्।
कोही नक्कली वैदेशिक रोजगारको पत्र बनाउँछन्।
कोही नक्कली महं,रक्सी बनाउँछन्।
कोही नक्कली सिङगापुर बनाउँछन्।

यो नक्कली नै नक्कली बनाउने को भिडमा 
मेरो देश नेपाल! सक्कली नेपाल! बनाउने कस्ले होला???

- सागर कार्की, सिन्धुली