मन्थली। ग्रिन तारा नापलको आयोजनामा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वड नं. १ र ६ मा बृहत दन्त शिविर सम्पन्न भएको हो । 

ग्रीन तारा नेपालले बिएमजेड र चाइल्ड एड नेटवर्कद्वारा संचालन गर्दै आएको ग्रामिण स्वास्थ्य प्रबर्द्धन परियोजना अन्तर्गत बृहत दन्त सिविर उमाकुण्ड गाउँपालिकाको वडा नं २ गुप्तेश्वरमा २०७९ साल चैत्र २५ र २६ गते र वडा नं. १ गुम्देलमा २०७९ साल चैत्र २८ र २९ गते सम्पन्न भएको हो ।

शिविरबाट करिब पाँच सय जना दन्त विरामीले सेवा प्राप्त गरेको ग्रिनतारा नेपालका फिल्ड संयोजक विभोर पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार दाँत निकाल्नेको संख्या २ सय ४५ जना, दाँत भर्नेको संख्या ३२, दाँतको जरैदेखिको उपचार ५ जना बुद्धि बंगराको शल्यक्रिया ३२ र रेफेरल गर्नेको संख्या ३६ रहेको छ। 

शिविरमा बरिस्ठ दन्त सर्जन डा. हर्ष तिवारी, डेन्टल डाक्टर डा. नेहा पोखरेल, डा.उपमा कार्की र  डेन्टल हिजिनिस्ट नीलम कोजु र ब्यबस्थापनमा ग्रामिण स्वस्थ्य प्रबर्धन परियोजनाको कर्मचारीहरु कार्यक्रम प्रबन्धक टिना गोर्खाली, फिल्ड संयोजक बिभोर पोखरेल, स्वास्थ्य प्रबन्धक सुष्मिता सुनुवार र इन्दिरा सुनुवार रहेका थिए