काठमाडौं, १५ फागुन ।
नेकपा (एमाले) सरकारबाट बाहिरिने भएको छ ।

ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकारबाट अलग हुने निर्णय गरेको एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँले सरकारबाट बाहिरिए सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने सचिवालय बैठकले निणर्य गरेको पनि जानकारी दिनुभयो ।