काठमाडौं। हिमाली जिल्ला मनाङको समाचार सम्प्रेषणमा संघर्षरत नेपाल पत्रकार महासङ्घ मनाङका अध्यक्ष नवीन लामिछाने पुरस्कृत भएका छन् । करिब एक दशक बढी मनाङबाट राष्ट्रिय समाचार समिति (रासस)मा आबद्ध भइ पत्रकारिता गर्दै आएका लामिछाने दुई विधामा पुरस्कृत भएका हुन् ।

राससले ६२औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट समाचार लेखनमा उमाकान्त-गीतादेवी-चन्द्रमणी रजौरे स्मृति पुरस्कार र उत्कृष्ट फोटो पत्रकार २०७८ बाट पुरस्कृत गरेको हो । लामिछानेले यससङ्गै विविध पुरस्कर तथा सम्मान पाइसकेका छन् । हिमपात, बाढीपहिरो लगायतका जोखिममा पत्रकारिता गरी जिल्लाको प्रचारप्रसार गर्दै विश्वमाझ चिनाउन योगदान पुगेको बताइएको छ ।

उनले विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल ३७ पटक पुगेर स्थलगत रिपोर्टिङ गरेका छन् भने विश्वको १०औं स्थानमा पर्ने पदमार्गको थोराङ पास १७ पटक पुगेर स्थलगत रिपोर्टिङ गरेका छन् ।