काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ।

आईपीओमा आगामी फागुन १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले २२ लाख ६४ हजार ६ सय ५५ कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा सार्वजनिक गर्न लागेको हो । यस अघि कम्पनीले कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेकोमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई दुई लाख ७२ हजार ८५० कित्ता सेयर बाँडफाँड गरिसकेको भने सामूहिक लगानी कोषलाई एक लाख ३६ हजार ४२५ कित्ता सेयर बाँडफाँड गरेको छ भने कम्पनीमा कार्यरत कर्मचारीलाई ५४ हजार ५७० कित्ता सेयर सुरक्षित गरेको छ।

आईपीओ निष्कासन गरेको यस कम्पनीको इक्रा नेपालले इक्रा एनपी–आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्वको समयमै सेवा गर्ने सम्बन्धमा पूर्व निर्धारितको माध्यम जोखिम रहेको बुझाउनछ ।